काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको अध्यादेशमा आफू व्यक्तिगत रूपमा सहमत नभएको बताउनुभएको छ । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा बोल्दै सरकारले अध्यादेशको ठूलो पोको ल्याएको टिप्पणी गर्नुभयो ।
अध्यादेश आउनै हुँदैन भन्ने मान्यता आफ्नो नभएपनि अहिले आएको अध्यादेश गलत भएकाले यसमा व्यक्तिगत रूपमा आफु सहमत नरहेको उहाँले बताउनुभयो । संविधान संसोधनको विषयमा भने उहाँ सकारात्मक देखिनु भएको छ । उहाँले संविधान पूर्ण नभएकाले संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
संविधान संशोधनबारे छलफल अघि नबढेपछि कांग्रेस र एमालेले सत्ता निर्माणको लागि मात्रै समिकरण बनेको भनेर चर्चा हुन थालेको उहाँको भनाई थियो ।