Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विपिनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परराष्ट्रमन्त्रीको भनाई

विपिनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परराष्ट्रमन्त्रीको भनाई

  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 674
    SHARES

  • विपिनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परराष्ट्रमन्त्रीको भनाई

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनुभएको छ ।

    संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताउनुभएको हो ।

    हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उहाँले बताउनुभयो । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गर्नुभएको छ ।

    त्यस्तै उहाँले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिनुभयो । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिविद्धताका विषयमा जानकारी गराइएको र जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीहरुसंग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको उहाँको भनाई छ ।


    शुक्रवार, फाल्गुण १६ २०८१०५:१७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij