Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

नतिजा दिन नसक्दा जनतामा निराशा बढ्यो-महामन्त्री थापा

नतिजा दिन नसक्दा जनतामा निराशा बढ्यो-महामन्त्री थापा

  • शुक्रवार, फाल्गुण १६ २०८१

  • 470
    SHARES

  • नतिजा दिन नसक्दा जनतामा निराशा बढ्यो-महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईतिहाइ नजिकको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गर्नुभएको छ ।

    पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा आज भएको अन्तरसंवादका क्रममा थापाले यस्तो टिप्पणी गर्नुभएको हो । समाजको निराशाको कारणको खोजी गर्दै भएको अन्तरसंवादका क्रममा सरकार नतिजामुखी हुन नसक्दा यस्तो अवस्था आएको थापाको भनाइ थियो ।

    सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको महामन्त्री थापाले बताउनुभयो । फेस्टिभलमा जारी ‘निराशा ः व्याख्या र वास्तविकता सत्र’ मा वक्ताका रुपमा सहभागी थापाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ नभएको उल्लेख समेत गर्नुभएको छ।

    यो सत्रमा आएर सरकारमाथि प्रश्न गरिरहँदा आफू पन्छिएर भाग्न नमिल्ने बताउँदै थापाले आफु सरकार सञ्चालनको जिम्मेवार ठाउँमा भएकाले प्रत्यक्ष संलग्नता भए पनि नभए पनि यसका कमजोरीबाट भाग्ने छुट आफुलाई नभएको उहाँले बताउनुभयो ।

    प्रदेश संरचना र सरकारप्रति दिनदिनै निराशा बढिरहेको प्रश्नको उत्तर दिदैं थापाले संघीयता ल्याएपछि प्रदेशलाई जति बलियो बनाउनुपथ्र्यो, त्यो गर्न नसकिएको बताउँनुभयो । एउटा दलले बहुमत ल्याउनै नसक्ने अवस्थामा सुधार हुनुपर्ने उहाँको तर्क थियो । थापाले प्रदेश संरचनालाई ‘स्केप गोट’ बनाउन खोजिएको पनि टिप्पणी गर्नुभएको छ ।


    शुक्रवार, फाल्गुण १६ २०८१०३:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij