Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 374
    SHARES

  • शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनु भएको छ । भोली शुक्रबार बेलुका ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ। संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ ।

    यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ । सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैनन् ।

    गत साता नै सत्तापक्षको बैठक बसेर अगाडि बढाउने तयारी गरेपछि राष्ट्रियसभामा निर्णायक जसपा नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अफ्ठेरोमा परेको छ । भोलिको बैठकमा अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ ।

    अध्यादेशबारेको निर्णय पुर्नविचार गर्नको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई आग्रह गर्दै आउनुभएको छ ।


    बिहिवार, फाल्गुण १५ २०८१०५:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij