Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

नेपाललाई धार्मिक भावले बलियो बनाउने विश्वास

नेपाललाई धार्मिक भावले बलियो बनाउने विश्वास

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 431
    SHARES

  • नेपाललाई धार्मिक भावले बलियो बनाउने विश्वास

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताउनुभएको छ ।
    धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उहाँले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताउनुभयो ।

    धार्मिक भाव र लोकतान्त्रिक भावले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो । पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिनुभयो ।


    बिहिवार, फाल्गुण १५ २०८१०१:४६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij