Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 342
    SHARES

  • नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

    काठमाडौं । नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।

    मन्त्री पाण्डेले बैठकमा दुई वटा विधेयक प्रस्तुत गर्दै नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन र सेवालाई भरपर्दो बनाउनका लागि वाञ्छनीय भएकाले आधुनिक सुविधायुक्त विमानस्थल बनाउन र हवाई सेवालाई मर्यादित बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गरिएको बताउनुभयो ।

    गत पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको थियो । नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस सुरु भएपनि काम सम्पन्न हुन सकेको थिएन । सरकारले पटक–पटक बजेट वक्तव्यमार्फत् नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सेवाप्रदायक निकाय अलग–अलग गरिने घोषणा गर्दै आएको छ ।


    मंगलवार, फाल्गुण १३ २०८१०७:०४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij