Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

कुलमानलाई तेस्रो पटक सोधियो स्पष्टीकरण

कुलमानलाई तेस्रो पटक सोधियो स्पष्टीकरण

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 379
    SHARES

  • कुलमानलाई तेस्रो पटक सोधियो स्पष्टीकरण

    काठमाडौं । विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि तेस्रो पटक स्पष्टीकरण सोध्नुभएको छ ।

    आज मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले सो पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न निर्देशन दिनुभएको हो ।

    घिसिङलाई प्रबन्ध निर्देशकको पदबाट हटाउनको लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नै प्रस्ताव लैजाने तयारी गरेका मन्त्री खड्काले राज्यमन्त्री पूर्णबहादुर तामाङकै असहयोग भएपछि पछाडि हटेको जनाइएको छ ।


    मंगलवार, फाल्गुण १३ २०८१०५:३६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij