Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्से ७.३१ अंकले बढ्यो

नेप्से ७.३१ अंकले बढ्यो

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 515
    SHARES

  • नेप्से ७.३१ अंकले बढ्यो

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७६५.८८ विन्दुमा पुगेर बन्द भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ ।


    कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ। आज ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


    १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह २.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेको छ ।


    मंगलवार, फाल्गुण १३ २०८१०४:५३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij