काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताउनुभएको छ ।
आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताउनुभएको हो । उहाँले घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढङ्गले अघि बढाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गर्दै सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राख्नुभएको छ ।