Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

विकास र समृद्धिको चाहना पूरा गर्न वर्तमान सरकार बन्यो - उपप्रधानमन्त्री सिंह

विकास र समृद्धिको चाहना पूरा गर्न वर्तमान सरकार बन्यो - उपप्रधानमन्त्री सिंह

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 404
    SHARES

  • विकास र समृद्धिको चाहना पूरा गर्न वर्तमान सरकार बन्यो - उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको सङ्घर्ष र त्याग बिर्सन नहुने बताउनुभएको छ ।

    नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताउनुभयो । कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै यसका नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा पनि सिंहको जोड दिनुभयो ।

    पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको भन्दै सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अब आर्थिक सम्पन्नताको बाटोमा देशलाई डोराउनु पर्ने बताउनुभयो ।

    कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको उहाँको भनाई छ । इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन सङ्गठन चुस्त दुरुस्त राख्न सुझाव दिनुभयो ।


    मंगलवार, फाल्गुण १३ २०८१०१:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij