काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधि र कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने बताउनुभएको छ। आज प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस एमालेसँगको सम्झौतामा इमान्दार रहेपनि तलदेखि माथिसम्म समान हैसियत हुनुपर्ने बताउनुभएको हो ।
उहाँले एमालेसँग सहकार्यमा कांग्रेसको आफ्नै शर्त रहेको बताउँदै अबको तीन वर्ष सरकार चलाउँदा विधि र कानूनको शासनमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकार छाड्ने बताउनुभयो । एमालेसँग कांग्रेस बराबरको व्यवहार चाहने बताउँदै उहाँले केन्द्रदेखि जिल्लासम्म एमाले र कांग्रेसको समान हैसियत हुने बताउनुभयो ।