Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा सशस्त्र प्रहरी बल सम्बन्धि विधेयकमाथि छलफल चल्दै

प्रतिनिधी सभामा सशस्त्र प्रहरी बल सम्बन्धि विधेयकमाथि छलफल चल्दै

  • सोमवार, फाल्गुण १२ २०८१

  • 390
    SHARES

  • प्रतिनिधी सभामा सशस्त्र प्रहरी बल सम्बन्धि विधेयकमाथि छलफल चल्दै

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । आजको बैठकमा मन्त्री लेखकले उक्त विधेयक विचार गरियोस् भनि पेस गर्नुभएको हो ।

    सभामुख देवराज घिमिरेले विधेयकमाथिको छलफलमा सैद्दान्तिक पक्षमा मात्र छलफल हुने जानकारी दिनुभएको छ ।

    यस्तै नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न सकिने बताउनुभयो ।

    उहाँले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै सीमा सुरक्षा, विपत् व्यवस्थापन र दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताउनुभयो । सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताउँदै पन्तले कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने बताउनुभयो ।


    सोमवार, फाल्गुण १२ २०८१०३:३०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij