काठमाडौं । यस्तै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आजकने प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले मन्त्री खड्काको आलोचना गरेकै कारण दूधकोशी जलविद्युतका सीईओ बिमल गुरूङलाई कारवाहीको पत्रचार गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सांसद पाण्डेले उर्जा मन्त्री खड्काको मिलेमतोमै विद्युतको महशुल नर्तिनेहरूको लाइन नकाटेको दावी गर्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकार नै लागिपरेको आरोप लगाउनुभयो । मुलुकमा लोडसेडिङको अन्त्यका लागि महत्वपूर्ण भुमिका खेल्ने एक जना कर्मचारीका पछाडी सिंगो राज्यसत्ता हात धोएर लाग्ने कुरा उचित नभएको उहाँको भनाई थियो ।