Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

संविधान संसोधन गरेर पनि पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ - प्रचण्ड

संविधान संसोधन गरेर पनि पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ - प्रचण्ड

  • सोमवार, फाल्गुण १२ २०८१

  • 498
    SHARES

  • संविधान संसोधन गरेर पनि पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ ।

    जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो ।

    उहाँले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभयो ।
    कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

    जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्वपूर्ण एजेन्डालाई जस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताउनुभयो ।


    सोमवार, फाल्गुण १२ २०८१०१:२०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij