Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई बामदेशको सुझाव

चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई बामदेशको सुझाव

  • आइतवार, फाल्गुण ११ २०८१

  • 426
    SHARES

  • चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई बामदेशको सुझाव

    काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ ।

    राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उहाँले ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ’ भन्नु उचित नहुने बताउनुभएको हो ।

    उहाँले पुनः राजा बन्ने चाहना परित्याग गरेर राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन र जनताद्धारा निर्वाचित भएर आउन सुझाव दिनुभएको छ ।

    साथै उहाँले चुनावमा निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास तथा समृद्धि कायम गरी देखाइ दिन चुनौती समेत दिनुभएको छ । राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति भएको दाबी गर्दै गौतमले वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू भएको बताउनुभयो ।


    आइतवार, फाल्गुण ११ २०८१०४:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij