काठमाडौं । लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २,७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।
कारोबार रकम पनि उल्लेख्य भएको छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको कारोबार भयो । बजार बढेपनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।
अन्य सेक्टर सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । त्यस्तै लगानी १.३३, उत्पादन २.७८, जीवन बीमा ०.८६, निर्जीवन बीमा ०.१३ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.४८, फाइनान्स ०.४५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.५६, माइक्रोफाइनान्स ०.६६ र व्यापार समूह १.३२ प्रतिशत घटेका छन् ।