Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

विदेशीले पनि ठग भन्न थाले, आँखा खोल्न ढिलो नगरौ - गोकुल बास्कोटा

विदेशीले पनि ठग भन्न थाले, आँखा खोल्न ढिलो नगरौ - गोकुल बास्कोटा

  • आइतवार, फाल्गुण ११ २०८१

  • 422
    SHARES

  • विदेशीले पनि ठग भन्न थाले, आँखा खोल्न ढिलो नगरौ - गोकुल बास्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले विदेशी सहायता प्राप्ति र परिचालनका लागि राष्ट्रिय नीति बनाउन ढिला भइसकेको भन्दै तत्काल त्यसतर्फ कदम चाल्न सुझाव दिनुभएको छ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले विदेशी सहयोग स्वीकार र परिचालनको प्रणाली बसाउन र हाम्रो लेखा प्रणालीभित्र राख्न आवश्यक भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला आएको बताउनुभएको छ ।

    सांसद बास्कोटाले बेलैमा सत्तापक्ष र प्रतिपक्ष नभनी विदेशी सहयता र वैदेशिक सम्बन्धका विषयमा नीति नबनाउने हो भने नेपाल युक्रेन जस्तो नबन्ला भन्न नसकिने चेतावनीसमेत दिनुभयो । उहाँले अहिलेको सरकार आएरमात्र बिग्रेको आरोप प्रतिपक्षले लगाएको भन्दै आफ्ना पालामा के भयो ? भन्ने आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ।


    आइतवार, फाल्गुण ११ २०८१०३:१०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij