Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा प्रधानमन्त्रीको राजिना माग

प्रतिनिधी सभामा प्रधानमन्त्रीको राजिना माग

  • आइतवार, फाल्गुण ११ २०८१

  • 365
    SHARES

  • प्रतिनिधी सभामा प्रधानमन्त्रीको राजिना माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गर्नुभएको हो ।

    सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उहाँको भनाई छ । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उहाँले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो ।

    सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन सांसद सापकोटाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


    आइतवार, फाल्गुण ११ २०८१०२:४६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij