Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको सापकोटाको आरोप

प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको सापकोटाको आरोप

  • आइतवार, फाल्गुण ११ २०८१

  • 437
    SHARES

  • प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको सापकोटाको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाउनुभएको छ।

    आज काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउनाले वर्तमान प्रधानमन्त्री संसद् विघटन गर्न उद्दत भएको आरोप लगाउनुभयो ।

    प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गर्दै सापकोटाले सरकारकै कारण २३ दिनसम्म संसद् कामविहीन भएको आरोप समेत लगाउनुभयो ।

    मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताउँदै उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको बताउनुभयो । वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको सापकोटाको भनाई छ ।

     


    आइतवार, फाल्गुण ११ २०८१०१:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij