Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न नेकपा एसले पत्रकार सम्मेलन गर्दै

केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न नेकपा एसले पत्रकार सम्मेलन गर्दै

  • आइतवार, फाल्गुण ११ २०८१

  • 346
    SHARES

  • केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न नेकपा एसले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

    ललितपुरको जावलाखेलको दुई दिनसम्म बसेको बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले पेस गरेका आन्दोलनद्वारा पार्टी निर्माणसहितका प्रस्ताव पारित गर्दै बैठक शनिबार राति सकिएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

    अर्यालका अनुसार अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, अध्यादेश र महासचिव भुसालको आन्दोलनका तत्कालिक योजनालगायतका प्रस्ताव सुझावसहित बैठकले पारित गरेको हो ।

    बैठकमा उठेका प्रस्नहरुलाई समेत समेटेर सचिवाल बैठकले ती प्रस्तावहरुलाई पूर्णता दिइनेछ । बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने नेता अर्यालले जानकारी दिनुभयो ।


    आइतवार, फाल्गुण ११ २०८११२:३१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij