Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

  • आइतवार, फाल्गुण ११ २०८१

  • 292
    SHARES

  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

    काठमाडौं । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ ।

    प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ । तर, सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश गरिने विषय उक्त कार्यसूचीमा अटाएको छैन । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने उल्लेख छ ।

    यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै राष्ट्रिय सभामा सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।


    आइतवार, फाल्गुण ११ २०८१०९:२२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij