Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

सिटौला निकट नेताहरूको भेला - संस्थापन पक्षका गतिविधिलाई अघि बढाउने निष्कर्ष

सिटौला निकट नेताहरूको भेला - संस्थापन पक्षका गतिविधिलाई अघि बढाउने निष्कर्ष

  • शनिवार, फाल्गुण १० २०८१

  • 311
    SHARES

  • सिटौला निकट नेताहरूको भेला - संस्थापन पक्षका गतिविधिलाई अघि बढाउने निष्कर्ष

    काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै वैचारिक समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको भेला बोलाउनुभएको छ ।

    १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले आज काठमाडौंको चण्डोलस्थित निवासमा आफूनिकट नेताहरूको भेला बोलाउनुभएको थियो । भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी हुनुभएको थियो ।

    यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको पनि उपस्थित रहेको थियो ।
    भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ। सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूसँग फागुन २ गते बूढानीलकण्ठ जानुभएको थियो ।


    शनिवार, फाल्गुण १० २०८१०७:०८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij