काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा क्रियाशील रहेको बताउनुभएको छ ।
आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा सुधार आएको उहाँको भनाई थियो । यद्यपि उहाँले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।