Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

समाजवाद अभ्यासको थालनी भएको प्रचण्डको उद्घोष

समाजवाद अभ्यासको थालनी भएको प्रचण्डको उद्घोष

  • शनिवार, फाल्गुण १० २०८१

  • 421
    SHARES

  • समाजवाद अभ्यासको थालनी भएको प्रचण्डको उद्घोष

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ ।

    माओवादी केन्द्र केन्द्रीय कार्यालयले आज आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिकाहरू नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता नभएर नयाँको थालनी गर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।

    माओवादी केन्द्रको अहिलेको अवस्था रणनीतिक ‘सिफ्ट’ भएको बताउँदै अध्यक्ष प्रचण्डले समाजवादको सैद्धान्तिक बहसलाई व्यवहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो ।

    पार्टीले ८औँ महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्मका साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौँ स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ ।

    यस्तै ‘प्रचण्ड’ले दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको टिप्पणी गर्दै पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गर्नुभएको छ ।

    प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपना नदेख्न चेतावनी दिनुभयो ।


    शनिवार, फाल्गुण १० २०८१०२:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij