Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट हुँदैन - प्रधानमन्त्री ओली

अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट हुँदैन - प्रधानमन्त्री ओली

  • शुक्रवार, फाल्गुण ९ २०८१

  • 440
    SHARES

  • अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट हुँदैन - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था भएन भनेर गुनासो गर्नेमाथि टिप्पणी गर्नुभएको छ। ऋाज व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले देश बनेन भन्नेमाथि टिप्पणी गर्नुभएको हो ।

    केही दशकअघि काठमाडौंमा कुनै विकास नभएको बताउँदै उनले पहिलेको तुलनामा अहिले आकाश पातलको फरक रहेको बताउनुभयो । आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न नदिने धारणा राख्दै प्रधानमन्त्री ओलीले कम्बोडिया तथा स्वीजरल्याण्डको बैंकमा आफ्नो पैसा रहेको दुष्प्रचार गरेको बताउँदै त्यसलाई नपत्याउन आग्रह गर्नुभयो ।

    यस्तै प्रधानमन्त्री ओलीले बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट नहुने बताउनुभएको छ । हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध हल्ला गरेको उहाँले बताउनुभयो ।

    ‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । हामीले खोलायौँ । अहिले तिनैले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् । स्वतन्त्रताका नाममा देशविरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।


    शुक्रवार, फाल्गुण ९ २०८१०५:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij