Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

  • शुक्रवार, फाल्गुण ९ २०८१

  • 374
    SHARES

  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ ।

    बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा बिहान ११ बजे सुरु हुने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

    अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत भएको अध्यादेश र समसामयिक प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन् ।

    बैठक दुई दिन चल्ने एकीकृत समाजवादीले जनाएको छ । हिजो नै शुुरु हुने भनिएको बैठक पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित गरिएको थियो ।


    शुक्रवार, फाल्गुण ९ २०८१०९:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij