Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

अध्यादेश सहमतिमै पारित हुने उद्योगमन्त्री भण्डारीको दाबी

अध्यादेश सहमतिमै पारित हुने उद्योगमन्त्री भण्डारीको दाबी

  • बिहिवार, फाल्गुण ८ २०८१

  • 472
    SHARES

  • अध्यादेश सहमतिमै पारित हुने उद्योगमन्त्री भण्डारीको दाबी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताउनुभएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताउनुभयो ।


    ‘संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसद्मा प्रवेश पाउनेछन्, सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको पनि बताउनुभएको छ ।


    त्यस्तै, तत्काल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सेती प्रादेशिक अस्पतालमा रहेका केही जनशक्तिलाई जोडेर अगाडि बढाउने कुरा भएको उहाँले बताउनुभयो ।


    बिहिवार, फाल्गुण ८ २०८१०२:१०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij