Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

‘संविधानमा रहेका कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्छ’ - देउवा

‘संविधानमा रहेका कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्छ’ - देउवा

  • बुधवार, फाल्गुण ७ २०८१

  • 419
    SHARES

  • ‘संविधानमा रहेका कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्छ’ - देउवा

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताउनुभएको छ । आज कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताउनुभएको हो ।

    उहाँले समावेशीताको बिषयमा नपुगेका कुराहरूलाई पुरा गर्नका लागि कांग्रेस प्रतिबद्ध रहेको र सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरी नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गर्नुभयो ।

    अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएकाले प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर देउवाको छ । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।



    बुधवार, फाल्गुण ७ २०८१०५:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij