Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसलाई भोट नदिएर पछुतो लाग्ने गरी काम गर्नुपर्छ’ - महामन्त्री थापा

‘कांग्रेसलाई भोट नदिएर पछुतो लाग्ने गरी काम गर्नुपर्छ’ - महामन्त्री थापा

  • बुधवार, फाल्गुण ७ २०८१

  • 315
    SHARES

  • ‘कांग्रेसलाई भोट नदिएर पछुतो लाग्ने गरी काम गर्नुपर्छ’ - महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणा पत्र नभई परिणाम पत्र लिएर जनतासमक्ष जानुपर्ने बताउनुभएको छ । आज पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जनताको घरदैलोमा जाँदा घोषणा पत्र नभई परिणाम पत्र लिएर जानुपर्ने बताउनुभएको हो ।

    २०८४ सम्मको ५ वर्षको समय भनेको काम गर्ने समय भएको र यो अवधीमा गरेका कामको परिणामलाई लिएर चुनावमा जानु पर्ने उहाँको भनाई छ ।

    ‘५ वर्षमा नेपाली कांग्रेसको नेतृत्वमा भएका कामको विवरण र परिणाम लिएर जनता समक्ष जाँदा जनताहरुलाई नेपाली कांग्रेसलाई भोट नदिएर पछुतो लाग्ने गरी काम गर्नुपर्छ,’ थापाले भन्नुभयो । कुनै व्यक्तिका लागि भन्दापनि आमजनताले महशुस गर्ने गरी काम गर्न वर्तमान सत्ता साँझेदार दलहरु प्रतिवद्ध रहेको महामन्त्री थापाले दाबी गर्नुभयो ।


    बुधवार, फाल्गुण ७ २०८१०५:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij