Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

स्पेनद्वारा चार जना नेपाली निष्कासित

स्पेनद्वारा चार जना नेपाली निष्कासित

  • बुधवार, फाल्गुण ७ २०८१

  • 367
    SHARES

  • स्पेनद्वारा चार जना नेपाली निष्कासित

    काठमाडौं । कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो।

    स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँकी तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना ’ओभरस्टे’ गरेको आरोपमा निष्कासनमा परे पनि बाँकी तीन जनालाई कुन कानुनअन्तर्गत निष्कासन गरिएको भन्ने विषय खुलाइएको छैन।

    दलाल र आकर्षक कमाइको प्रलोभनमा परेर नेपालीहरू युरोप पुग्ने गरेका छन्। तर, त्यहाँको कानुनबारे जानकार नहुँदा नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। गत माघमा स्पेनले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।


    बुधवार, फाल्गुण ७ २०८१०४:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij