Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

  • बुधवार, फाल्गुण ७ २०८१

  • 619
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुनजस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो ।

    बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । यसअघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ परेका थिए ।


    बुधवार, फाल्गुण ७ २०८१०४:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij