Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

महाकुम्भमा सहभागी हुन सभापति देउवा भारत जाँदै

महाकुम्भमा सहभागी हुन सभापति देउवा भारत जाँदै

  • बुधवार, फाल्गुण ७ २०८१

  • 504
    SHARES

  • महाकुम्भमा सहभागी हुन सभापति देउवा भारत जाँदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छिमेकी मुलुक भारत जानु हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उहाँ भोली विहीबार भारत जान लाग्नुभएको हो ।

    सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको छ । सोही कार्यक्रममा सहभागी हुन उहाँ प्रयागराज जान लागेको जनाइएको छ ।

    इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुने कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने बताइएको छ ।


    बुधवार, फाल्गुण ७ २०८१०३:०३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij