काठमाडौं । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागर कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताउनुभयो ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार कमलेशकुमारमाथि अनुसन्धान अघि बढेको छ । ३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए । बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।
हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन उडाउने क्रममा विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो । उहाँहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो ।