Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

शंकर पोखरेलको टिप्पणी - पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजियो

शंकर पोखरेलको टिप्पणी - पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजियो

  • बुधवार, फाल्गुण ७ २०८१

  • 381
    SHARES

  • शंकर पोखरेलको टिप्पणी - पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजियो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गर्नुभएको छ । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२÷०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताउनुभएको हो ।

    महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गर्नुभयो । राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिएको भन्दै राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

    आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उहाँले आफू दल खोल्न निषेधको पक्षमा नभएको बताउनुभयो । जनता माझ गई चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै महासचिव पोखरेलले राजनीतिक खुद्रा पसल भने आवश्यक नभएको बताए ।


    बुधवार, फाल्गुण ७ २०८१०१:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij