Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

अध्यादेश ल्याउने प्रक्रिया नै गलत छ, स्विकार गर्न सकिन्नः प्रकाश ज्वाला

अध्यादेश ल्याउने प्रक्रिया नै गलत छ, स्विकार गर्न सकिन्नः प्रकाश ज्वाला

  • बुधवार, फाल्गुण ७ २०८१

  • 282
    SHARES

  • अध्यादेश ल्याउने प्रक्रिया नै गलत छ, स्विकार गर्न सकिन्नः प्रकाश ज्वाला

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले अध्यादेश ल्याउने प्रक्रिया नै गलत भएको आरोप लगाउनुभएको छ ।

    संसदलाई छलेर गलत बाटोबाट अध्यादेश ल्याउने सरकारको नियत लै गलत देखिएको पूर्वमन्त्रीसमेत रहनुभएका ज्वालाको टिप्पणी रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्वालाले सरकारले ल्याएको अध्यादेशका धेरै अन्र्तवस्तुहरु निकैै हानिकारण रहेको स्पष्ट पार्दै तमाम खालका गलत प्रावधानहरुसहित आएको अध्यादेशहरु स्विकार गर्न नसकिने बताउनुभयो ।

    यस्तै उहाँले पार्टी नेपका एस अध्यादेशको विपक्षमा रहेको र संसदमा पनि विपक्षमा नै मतदान गर्ने जानकारी गराउनुभयो । यस्तै पार्टीको स्थायी कमिटी बैठक आज पनि जारी रहेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोदेखि सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

    हिजोको बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त प्रतिवेदन भोलिको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने नेता ज्वालाको भनाइ छ ।

    बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो ।


    बुधवार, फाल्गुण ७ २०८१११:१०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij