काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताउनुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश लेखेर उहाँले यो दिन नेपालीले बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताउनुभएको हो ।