Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

  • बुधवार, फाल्गुण ७ २०८१

  • 696
    SHARES

  • आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

    काठमाडौं । फागुन ७ गते आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

    फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

    दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

    प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि सहभागी हुनुहुने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


    बुधवार, फाल्गुण ७ २०८१०८:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij