Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ओडिसामा नेपाली विद्यार्थीको मृत्यु प्रकरणः नेपाल र भारतको सडकदेखी सदनसम्मै तरङ्ग, परिवार न्यायको पर्खाईमा, विद्यार्थी अझै त्रसित (खासखबर)

ओडिसामा नेपाली विद्यार्थीको मृत्यु प्रकरणः नेपाल र भारतको सडकदेखी सदनसम्मै तरङ्ग, परिवार न्यायको पर्खाईमा, विद्यार्थी अझै त्रसित (खासखबर)

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 784
    SHARES

  • ओडिसामा नेपाली विद्यार्थीको मृत्यु प्रकरणः नेपाल र भारतको सडकदेखी सदनसम्मै तरङ्ग, परिवार न्यायको पर्खाईमा, विद्यार्थी अझै त्रसित (खासखबर)

    काठमाडौं। भारतको ओडिसामा भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणले यतिबेला सिँगो नेपाल र भारत नै तरङ्गीत बनेको छ। ओडिसास्थीत कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएपछी उत्पन्न अस्वभाविक तथा अकल्पनीय परिस्थीतिले नेपालको मात्रै नभएर भारतमा समेत सडकदेखी सदन तातेको छ ।

    हाल स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा लम्साल क्याम्पसकै होस्टलभित्र गत आइतवार दिउँसो ५ बजेतिर“झुन्डिरहेको अवस्थामा“फेला परेकि थिइन्। भारतिय विद्यार्थी आद्धिक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेकी लम्साल पछिल्लो समय उसले अनावश्यक तनाव दिने, र दुव्र्यबहार गर्ने जस्ता क्रियाकलाप गर्दा असह्य भएपछि पटकपटक विश्वविद्यालय प्रशासनमा उजुरी समेत दिएकी थिइन् ।

    तर प्रशासनले सुनुवाइ नगरेपछी लम्साल आत्महत्या गर्न वाध्य भएको उनका साथीहरु बताउँछन्। लम्सालको मृत्युपछी करिब एकहजार भन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विश्वविद्यालयमा सत्यतथ्य छानबिन र न्यायको माग गर्दै प्रदर्शन सुरु गरेका थिए।

    प्रदर्शनकै क्रममा एकाएक विश्वविद्यालय प्रशासनले हस्तक्षेप गर्न थालेपछी स्थीति तनावपूर्ण बन्दै गयो । प्रशासन र भारतिय विद्यार्थी मिलेर नेपाली विद्यार्थीमाथी एकाएक अस्वभाविक र क्रुर एवं तानाशाही कदम चाल्न थालियो।

    जुन कदममा नोटिस जारी गरी छात्रबास र कलेज छाड्न मात्रै भनिएन झण्डै ५/७ सय नेपाली विद्यार्थीलाई धमाधम होस्टलबाटै बलजफ्ती निकालेर बसमार्फत भुवनेश्वर र कटक रेलवे स्टेसनमा पुराएर अलपत्र पारियो ।

    बाँकी रहेका विद्यार्थीलाई प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर चरम दमन गर्न थाल्यो, त्यसपछी अलपत्र बनेका विद्यार्थी राति नै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा गुहार माग्दै उजुरी दिन पुगे, तर त्यहाँपनि कारबाही त के कुरासमेत सुनिएन, उल्टै विद्यार्थी र सिँगो नेपालकै अपमान तथा स्वाधीनतामै आँच आउने किसिमको व्यवहार भयो।

    क्याम्पस प्रशासन,कर्मचारी, अन्य विद्यार्थीलगाएतले नेपाल र नेपालीको स्वभिमानमाथी नै धावा बोल्दै गैरजिम्मेवार, लज्जास्पद र खेदजनक अभिव्यत्ति र व्यवहार प्रस्तुत गरे। त्यसपछी हिजो बिहानैदेखी यो खबर चौतर्फी फैलिएपछी विश्वविद्यालयको व्यापक विरोध भयो भने विद्यार्थी फिर्ता बोलाउन प्रशासनमाथी दवाब पर्न थाल्यो। घटनाले सिँगो नेपाल र भारतको सडकदेखी सदनसम्मै तरङ्ग फैलायो।

    नेपालले कूटनीतिक च्यानलमार्फत र सिधै कलेज प्रशासनसँग संवाद गरेपछि कलेज प्रशासनले माफि माग्दै विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी मात्रै गरेन खेदजनक व्यवहार र गैरजिम्मेवार अभिव्यक्ति दिने कर्मचारीले पनि आत्मआलोचना सहितको माफी मगायो ।

    नेपाली दुतावाससँगको संवादपछी लम्साललाई दुब्र्यवहार गरी आत्महत्या गर्न वाध्य बनाउने श्रीवास्तवलाई पक्राउ गरी प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेर अनुसन्धान थाल्यो। भने प्रशासनले छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनायो। तर, नेपाली विद्यार्थी भने अझै पनि ढुक्कसँग फर्कनसक्ने अवस्थामा छैनन्।

    उनिहरुले अहिलेसम्म धेरै यातना पाएको र अझैपनि जतिवेला, जेपनि हुनसक्ने भन्दै आँफुहरुको सुरक्षा माग गर्दै दुतावास गुहार्न पुगेका छन्।

    विश्वविद्यालय प्रशासनको यो कदममा नेपालमा मात्रै नभएर भारतमा पनि आज सडक र सदन तात्यो। भारतको ओडिसा राज्यको विधानसभा सदनमा यो घटनाको छानबिनको माग उठ्यो भने। नेपालमा संसदका दुबै सदन यो विषयले तात्यो।

    संसदमा बोल्ने सांसदहरुले सरकारको जवाफ मात्रै मागेनन् नेपाल र नेपालीको शिर निहुरिएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि माग गरे। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीमाथीको व्यबहारसँगै नेपालमाथी धावा बोलेको भन्दै यसको सत्यतथ्य माग गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले जनता देश विदेश कतै पनि सुरक्षीत हुन नसकेको बताउनुभयो।उहाँले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो।

    सत्तारुढ दल एमालेकै सांसद ठाकुर गैरेले पनि विश्वविद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो।

    यता,,उक्त घटनापछी यता सरकारले पनि आवश्यक पहल थालेको बताएको छ भने प्रधानमन्त्री, गृहमन्त्री,परराष्ट्रमन्त्री तथा शिक्षामन्त्रीलगाएतले यो घटनाको विषयमा कुटनितीक तथा आवश्यकताअनुसारको पहल गरी आवश्यक प्रक्रिया सुरु भएको बताईसक्नु भएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले यो घटनाको गम्भिर अनुसन्धान हुने र हाललाई ओडिसा राज्यमै विद्यार्थीहरुका लागी वैदेशी अध्ययन अनुमतीपत्र(एनओसी)नै रोक्न लागिएको बताउनुभयो।

    यस्तै मृतक लम्सालको परिवार यतिबेला न्यायको पर्खाइमा ओडिसामै रहेको छ। उनका बुवा सुनिल लम्सालले भारतिय टेलिभिजनसँग कुरा गर्दै दोषीलाई कारबाही र छोरीको न्यायको पर्खाईमा रहेको बताउनुभयो ।

    यस घटनापछी परराष्ट्र मामलाका जानकारहरु पनि घटनाप्रति राज्य थप जिम्मेवार बन्नुपर्ने बताउँछन्। भारतका लागी नेपाली पूर्वराजदुत तथा पूर्वमन्त्री निलाम्बर आचार्यले घटना विचमै हराउने जोखिम रहेकोले थप आवश्यक कदम चाल्नुपर्ने र भारतसँगको सुदृढ सम्बन्धमा पनि असर पर्नसक्ने भएकोले सचेत हुन आग्रह गर्नुभयो ।

    उसो त भारतमा हुने नेपालीहरुको हत्या, कुटपीट र दुव्र्यबहारका घटनामा यो पहिलो घटना भने होइन। विगतमा पनि कति यस्ता घटनाहरुमा राज्यले वास्तै नगरेको उदाहरण पनि प्रशस्तै छन्। जसले गर्दा भारतमा रोजगारी, व्यवसाय, अध्ययन, अध्यापनलगायतमा जाने नेपालीहरु पटकपटक यस्ता घटनाका सिकार बनिरहेका छन् ।

    यो घटना पनि राज्यले यसै सेलाउन दियो भने भारतमा रहेका नेपालीहरुमा‘मान्छे मरेको पछुतोभन्दा काल पल्किएको डर‘ भन्ने नेपाली उखान लागु हुन सक्छ। यो घटना व्यक्ति, समुदाय, समाजको विषय नभै दुई देशबिचको विषय हो। तसर्थ यस घटनामा सत्यतथ्य बाहिर नआउँदासम्म र पिडितलाई न्याय तथाक पीडकलाई सजायको व्यवस्था नहुँदासम्म नेपाल सरकार चनाखो र जिम्मेवार बन्न जरुरी छ ।

     


    मंगलवार, फाल्गुण ६ २०८१०८:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij