काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत भएकाले पार्टीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताउनुभयो । अध्यादेशबाट भूमाफिया, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको उहाँले जानकारी दिनुभयो ।