Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

कूटनीतिक रूपमा सरकार असफल भयो - माधव सापकोटा

कूटनीतिक रूपमा सरकार असफल भयो - माधव सापकोटा

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 326
    SHARES

  • कूटनीतिक रूपमा सरकार असफल भयो - माधव सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कूटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कूटनीतिक रूपमा असफल भएको बताउनुभएको हो ।

    सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा अपमानजनक र अमानवीय व्यवहार गरिएको भन्दै उहाँले सिंगै नेपाल र नेपालीमाथि धावा बोल्दापनि नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको बताउनुभयो ।

    भारतमा यस्ता घटना पहिलेदेखी नै हुँदै आएको बताउँदै सांसद सापकोटाले नेपाली नागरिकको अपमान गर्ने तथा असुरक्षाको भय उत्पन्न गराउने घटनालाई सिंगो सदनले पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्नुभयो ।


    मंगलवार, फाल्गुण ६ २०८१०४:३१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij