काठमाडौं । माओवादी सांसद सूदन किराँतीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल–जवाफमा दुनियाँ हाँसेको बताउनुभएको छ । आजको शून्य समयमा बोल्दै सांसद किराँतीले संदनमा सांसदहरुको जवाफ दिने प्रधानमन्त्रीको शैलीको कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताउनुभएको हो ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई देखेर सभामुखलाई पनि भित्रभित्रै हाँसो लागेको र लज्जाबोध भयरहेको होला, भन्दै सांसद किराँतीले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्नुभयो ।
गत आइतबार सांसदहरूले गरेको सवाल जवाफमा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साँटो प्रतिप्रश्न गरेको र सांसद प्रभु साहको प्रश्नको जवाफ नै नदिएर संसदबाट भाग्न खोजेको सांसद किराँतीको आशय थियो ।