Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

सरकार एमालेकरण भइरहेको कांग्रेस नेता कोइरालाको टिप्पणी

सरकार एमालेकरण भइरहेको कांग्रेस नेता कोइरालाको टिप्पणी

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 342
    SHARES

  • सरकार एमालेकरण भइरहेको कांग्रेस नेता कोइरालाको टिप्पणी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भइरहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले कांग्रेस–एमाले मिलेर बनेको सरकार एमालेकरण भइरहेको टिप्पणी गर्नुभएको हो ।
    आफुहरु सरकारमा भएर पनि सरकार बाहिर भएको उहाँले बताउनुभयो । आफ्नै पार्टी सहभागि सरकारलाई नै खबरदारी गर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले पछिल्लो समय सरकार एमालेकरण भइरहेको बताउनुभयो ।
    लोकतन्त्रमा संयन्त्रले सरकार चलाउने प्रयास दुःखद भएको नेता डा.कोइरालाले बताउनुभयो । उहाँले संयन्त्रले सरकार चलाउने शैली कम्युनिष्टको भएको र सोही अनुसार केन्द्रदेखी स्थानीय तहसम्मै संयन्त्र बनाएर सरकार सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केन्द्रदेखी स्थानीय तहसम्म संयन्त्र बनाएर सरकार सञ्चालन भइरहेको छ । बाँकी भएको त्यही वडा हो । त्यहा पनि उहाँहरुले संयन्त्र बनाउन खोजिरहनु भएको छ।’
    डा. कोइरालाले सुशासन, स्थायित्व र विकासका लागि आफ्नोसमेत पहलमा कांग्रेस एमालेको सरकार बनेको तर अहिले यसले लोकतन्त्रलाई अप्ठेरो पारिरहेको आरोप समेत लगाउनुभयो । उहाँले संसदमा सरकारले पेश गरेको सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित भए अभिव्यक्ति स्वतन्त्रमा आघात पुग्ने भन्दै सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।


    मंगलवार, फाल्गुण ६ २०८१०१:३०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij