Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिले सांसद हुन योग्य हो वा होइन भन्ने प्रश्न उव्जिएको छ: श्रीकृष्ण प्रसाद अधिकारी

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिले सांसद हुन योग्य हो वा होइन भन्ने प्रश्न उव्जिएको छ: श्रीकृष्ण प्रसाद अधिकारी

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 822
    SHARES

  • ज्ञानेन्द्र शाहीको अभिव्यक्तिले सांसद हुन योग्य हो वा होइन भन्ने प्रश्न उव्जिएको छ: श्रीकृष्ण प्रसाद अधिकारी

    काठमाडौं । माओवादी केन्द्रका नेता श्रीकृष्ण प्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको विषयमा आपत्ति जनाउनुभएको छ ।

    नेता अधिकारीले शाहीको अभिव्यक्ति सुन्दा होसमा हुनुहुन्छ की बेहोसमा हुनुहुन्छ भन्ने लागिरहेको टिप्पणी गर्दै शाहीको प्रतिक्रियाप्रति खेद प्रकट गर्नुभएको छ ।

    गत आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राष्ट्रियसभालाई केही दिनको पाहुना र वृद्धाश्रम भन्नुभएको थियो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले राष्ट्रिय सभाजस्तो गरिमामय सदनको मानमर्दन गर्ने काम र त्यहाँ भएका सदस्यहरुको अपमान हुने शब्द चयनले शाहीको नियत नै गलत छ भन्ने र अपरिपक्व पुष्टि भएको स्पष्ट पार्नुभयो ।

    शाहीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले उहाँ सांसद हुन योग्य हो वा होइन भन्ने प्रश्न उव्जिएको समेत नेता अधिकारीको भनाइ रहेको छ ।

    शाहीको यस्तो अभिव्यक्ति बढ्दै गए कानुनी उपचार खोज्न राष्ट्रिय सभाका सांसदहरु बाध्य हुने उहाँको चेतावनी छ ।

    गत आइतबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन पनि दिनुभएको थियो भने शाहीका विरूद्धमा खेद प्रस्ताव पारित गरिएको छ ।


    मंगलवार, फाल्गुण ६ २०८१०९:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij