Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

‘शीर्ष नेता राजाको ठाउँमा पुग्नु क्रान्ति होइन्’ – संञ्चारमन्त्री गुरुङ

‘शीर्ष नेता राजाको ठाउँमा पुग्नु क्रान्ति होइन्’ – संञ्चारमन्त्री गुरुङ

  • सोमवार, फाल्गुण ५ २०८१

  • 350
    SHARES

  • ‘शीर्ष नेता राजाको ठाउँमा पुग्नु क्रान्ति होइन्’ – संञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताउनुभएको छ ।
    आज हुलाक टिकट प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक क्रान्तिको राप छाडेर आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति नहुने उहाँले बताउनुभयो । क्रान्ति इतिहासमा देखिनुप¥यो भन्दै उहाँले समाज, कृषि क्षेत्र, बिजुली, उत्पादन प्रणाली, विज्ञान प्रविधि सबै क्षेत्रमा क्रान्ति देखिनु पर्ने बताउनुभयो ।

    क्रान्ति भनेको आम नागरिकको दैनिकीमा कुनै परिवर्तन आउनु, अवस्था परिवर्तन हुनु क्रान्ति भएको भन्दै उहाँले शिर्ष नेताहरु हिजोका राजामहाराजाको स्थानमा पुगेर क्रान्ति भएको भनेर भन्न नसकिने बताउनुभयो ।


    सोमवार, फाल्गुण ५ २०८१०३:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij