काठमाडौं । भारतको एक विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युभएपछि त्यहाँ अध्ययनरथ नेपाली विद्यार्थीलाई कलेज छाड्न निर्देशन दिइएको छ। भरतको ओडिशामा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा आइतबार नेपाली विद्यार्थी प्रकृती लम्साल मृत भेटिएकी थिइन् । त्यसपछि विश्वविद्यालयमा अध्ययनरथ अन्य सबै नेपाली विद्यार्थी सोमबार साँझसम्म कलेज छाडिसक्न निर्देशन दिइएको हो ।
विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत भेटिएपछि त्यहाँ अहिले तनाव उत्पन्न भएको छ । उनको मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । तर लम्सालले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय मिडिया रिपोर्टहरूका उनका पूर्वप्रेमी समेत रहेका एक मेकानिकल इन्जिनियरिङ विद्यार्थीले दुव्र्यवहार गरेको आरोपसमेत लागेको छ । प्रकृतीको मृत्युपश्चात् नेपाली विद्यार्थीले छानविन गर्न र पूर्वप्रेमीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो ।