Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

ऊर्जा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

ऊर्जा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

  • आइतवार, फाल्गुण ४ २०८१

  • 349
    SHARES

  • ऊर्जा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    काठमाडौं । राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो ।

    बैठकमा सरकारको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गर्नुभएको थियो । सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।


    आइतवार, फाल्गुण ४ २०८१०७:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij