Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आइतबार शेयर बजारमा हरियाली

आइतबार शेयर बजारमा हरियाली

  • आइतवार, फाल्गुण ४ २०८१

  • 669
    SHARES

  • आइतबार शेयर बजारमा हरियाली

    काठमाडौं । शेयर कारोवारमा साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ । आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ ।

    आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९६ हजार २८२ पटक शेयर किनबेच भएको छ ।
    आज बसैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०८ प्रतिशतले बढेको छ ।

    त्यस्तै वाणिज्य बैंक समूह ०.९८ प्रतिशतले, होटल तथा पर्यटन १.९५ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी १.१७ प्रतिशतले, जीवन बीमा ०.३९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, अन्य समूह ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०२५ प्रतिशतले बढेको छ ।


    आइतवार, फाल्गुण ४ २०८१०७:१०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij