Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शानदार म.म पसलमा सिलिण्डर वि*ष्फोटमा परी घाइते भएका थप एक जनाको मृ*त्यु

शानदार म.म पसलमा सिलिण्डर वि*ष्फोटमा परी घाइते भएका थप एक जनाको मृ*त्यु

  • आइतवार, फाल्गुण ४ २०८१

  • 417
    SHARES

  • शानदार म.म पसलमा सिलिण्डर वि*ष्फोटमा परी घाइते भएका थप एक जनाको मृ*त्यु

    काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म.म पसलमा सिलिण्डर विष्फोटमा परेका घाइते भएका ११ जनामध्ये थप एकजनाको मृत्यु भएको छ ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो । लामासँगै उक्त घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    यसअघि उदयपुरको उदयपुरगढी– ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका– ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका– ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो । गत माघ २३ गते शानदार म.म पसलमा सिलिण्डर विष्फोट भएको थियो ।


    आइतवार, फाल्गुण ४ २०८१०३:१०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij