Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कमलपोखरी ग्यास सिलिण्डर विस्फोटमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

कमलपोखरी ग्यास सिलिण्डर विस्फोटमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

  • आइतवार, फाल्गुण ४ २०८१

  • 402
    SHARES

  • कमलपोखरी ग्यास सिलिण्डर विस्फोटमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मम पसलमा गत माघ २३ गते ग्यास लिक भई आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ।

    आगलागीमा परी घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए। 

    उनले भने, ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ। हाल सात जनाको उपचार भइरहेको छ।’

    यसअघि उदयपुरको उदयपुरगढी-७ घर भई हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका-८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ। 


    आइतवार, फाल्गुण ४ २०८१११:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij