Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

हतारमा अध्यादेश ल्याउँदा पारित नहुने अवस्था बन्यो-विश्वकर्मा

हतारमा अध्यादेश ल्याउँदा पारित नहुने अवस्था बन्यो-विश्वकर्मा

  • शनिवार, फाल्गुण ३ २०८१

  • 375
    SHARES

  • हतारमा अध्यादेश ल्याउँदा पारित नहुने अवस्था बन्यो-विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरूसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गर्नुभएको छ ।

    आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था नबनेको बताउनु भएको हो । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताउनुभयो ।

    नेता विश्वकर्माका अनुसार विगत दुई तीन दिनमा सत्ता समीकरणमा रहेका प्रमुख दलहरूले सरकारको सहायक भूमिकामा रहेका, समर्थनमा रहेका र विरोधमा रहेका दलहरूसँग पनि अध्यादेशको बारेमा छलफल गरिरहेका छन् । प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरू संशोधन गर्ने गरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यस सन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको विश्वकर्माले बताउनुभयो ।


    शनिवार, फाल्गुण ३ २०८१०५:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij